Welcome to NLA Online Serivce



तपाईलाई हाम्रो अनलाईन सेवामा हार्दिक स्वागत गर्दछौ..


राष्ट्रिय मुक्ति सेनाको अवधारणा

नयाँ जनवादी जनतन्त्रको स्थापनाका लागि देशमा राष्ट्रिय मुक्तियुद्धको आवश्यकता भएको हाम्रो ठहर छ । जनभावना र राष्ट्रियतालाई कुल्चेर देश र जनताको हित विपरित विभिन्न राज्यविरोधी शक्तिहरुले विगतमा गरेका अक्षम्य गल्तिहरुको परिणाम आज मूलुक संकटको दलदलमा फसेको छ । विदेशी शक्तिहरुको इशारामा चल्ने राजनीतिक दलहरु र विदेशीकै भरौटे नेता भनाउनेहरुका कारण मूलुकमा स्थायी शान्ति हुन सकेको छैन ।

खाली जालझेल गरेर सत्तामा पुग्ने बाहेक देश र जनताप्रति लात मार्ने प्रवृत्ति देशमा हावी भयो । खोक्रो भाषण र आदर्शमा जनता भूलाउने दुस्प्रयास बाहेक अरुकुनै गणना योग्य काम दलहरुले गरेनन् । सत्ता प्राप्ति र सत्ताको दुरुपयोगले मूलुकलाई विश्वकासामु असफल राष्ट्रको सूचिमा पुर्‍याउने काम विगतका सत्ताधारीहरुले नै गरेका छन् । त्यसैकारण आज हामी कमजोर राष्ट्रका निरिह जनताका रुपमा चिनिनु पर्दा हरेक देशप्रेमी नेपाली जनताको मुटुमा गहिरो चोट पुगेको छ । राष्ट्र संचालन गरिसकेका सबै शक्तिको दुश्चरित्र र नालयकीपनको रन्चाल आम नेपाली जनताले गरि सकेको छन् । यसरी देश र जनताप्रति गद्दारी गर्ने स्वदेशी र विदेशी प्रतिकृयावादी शक्तिहरुका मतियारहरुका विरुद्ध लड्नु यो संगठनको प्रमुख उद्देश्य हो ।

चरमरुपमा देश र जनतालाई डस्नेहरुको पतनगर्राई शोषितपिडित नेपाली जनताको मूहारमा खुसी ल्याउन हामी जस्तो सुकै कदम चाल्न पनि पछि पर्ने छैनौं । यो हाम्रो अभियान र दृढ अठोट हो । यसबाट हामी एक इन्च पनि पछि हट्ने छैनौं । हाम्रो यस महान देशप्रेमी अभियानमा कााँधमाकाँध मिलाउन न्यायप्रेमी नेपाली नागरिकले प्रत्यक्ष रअप्रत्यक्ष रुपमा पर्ूण्ा सहमति जनाई सकेका छन् । त्यसैले हामी अत्यन्त उत्साहित र उर्जाशिल भएर अघि बढिरहेका छांै । कुनै खाले शक्ति र सत्ता प्राप्ति हाम्रो अभियान होइन ।विभिन्न बहानाबाजिमा देश र जनताप्रति अन्याय अत्याचार, दमन, शोषण गर्ने भ्रष्टचार जस्ता जगन्य कुरीतिका हिमायति कपुतहरुबाट देश र जनतालाई अलग्यायर एउटा, सुन्दर, शान्त, विशाल नेपालको अनुभूति गराउनु हाम्रो कर्तव्य हो भन्ने हामीले ठानेका छौं ।

कुनै पनि दासत्य विस्तारवाद र मिचाह शक्तिको निर्मूल गर्न स्वतन्त्र स्वाभिमान मूलुकका, वीर नेपालीहरुको पहिचान बचाएर जनतालाई गौरवान्वित बनाएरै छाड्ने हाम्रो उद्देश्य छ । अमेरीकीसाम्राज्यवाद र भारतीय विस्तारवादको हामी घोर विरोध गर्दछौं । नेपालको आन्तरिक राजनीतिमा भारत र अमेरिकाले राख्दै आएको अनावश्यक चासो हाम्रो लागि सहन सक्ने विषय होइन । हाम्रो आन्तरिक मामिलामा जसरी अमेरिका र भारत चासो राखिरहेका छन्, त्यो वास्तवमै खराव नियतको संकेत हो । यदि कुनै पनि विदेशी शक्तिहरु नेपालको भलो चाहन्छन् भने एउटा मित्र देशले अर्को मित्र देशलाई गर्ने व्यवहार भन्दा अरु कुनै खाले हस्तक्षेप वा चासो बढाउनु हुन्न भन्ने हाम्रो मान्यता छ । त्यर्सथ आम नेपाली जनताको चाहनामुताविक राष्ट्रियताको सवालमा जस्तोसुकै चुनौती पनि सामना गरेर अघि बढ्नेहाम्रो प्रयासमा सच्चा राष्ट्रप्रेमीहरुको सहभागिता हुनेमा निर्धक्क छौं । हामी मोज र भोजका लागि होइन, आम नेपाली नागरिकको स्वाभिमानताका लागि यो अभियानमा छौं । एउटा छुट्टै वास्तविक मुक्ति युद्धको लडाइ लड्नु पर्ने भएको छ । यसका लागि शान्तिपर्ूण्ा र हिंस्रक दुवै बाटो अवलम्वन गर्नुपर्ने अवस्था छ, तर हामी शान्तिपर्ूण्ा बाटोकै पक्षमा रहन्छौं । यदि हाम्रो यस महान देशप्रेमी अभियानमा रोक्न र छेक्न दुस्प्रयास भयो भने हामी कसैले कल्पनै नगरेको ज्वालामुखी फुटाउन पछि पर्ने छैनौ । हामी आम देशप्रेमी नेपाली जनतासँग कसम खान्छौं, झुक्याउने प्रपञ्चमा लाग्यौं भने यसै धर्तीमा तपाई वीर नेपाली परिवारकै अगाडि सजाय भोग्न तयार हुनेछौं । यसमा कसैले शंका र दुविधा बढाउन पर्ने अवस्था छैन । राष्ट्रिय मुक्तियुद्ध सुरु भइसकेको छ, यने पृथक अर्को एउटा आन्दोलनका सव्य दृष्टिले हर्ेर्नुहोस्, अनि कही कहिल्यै यस्तो आन्दोलन गर्नु पर्ने छैन । यो राष्ट्रिय मुक्ति सेना यसैका लागि उदय भएको हो ।

राष्ट्रिय मुक्ति सेनाको आवश्यकता किन -



tkfO{sf] ;DaGwdf

tkfO{sf] ;DaGwdf

tkfO{sf] ;DaGwdf

tkfO{sf] ;DaGwdf

tkfO{sf] ;DaGwdf

 

तपाई हामीलाईऔं पटक हेदैहुनुन्छ ।